धादिङबेसी चैत्र २४ । धादिङका सरकारी कार्यालका प्रमुखहरुले राजनीतिक दबाब र आडमा काम गर्न नहुने प्रमुख जिल्ला अधिकारी बिश्व प्रकास सुवेदीले बताउनु भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङको आयोजना र पिई.एफए सचिवालय अनामनगरको वित्तिय सहयोगमा धादिङबेसीमा आयोजना गरिएको सार्वजनिक खर्चको प्रभावकारिता बढाउन पारदर्शिता र जवाफदेहिताको महत्व सम्बन्धी १ दिने गोष्ठीमा सुवेदीले सो कुरा बताउनु भएको हो ।
धादिङका सरकारी कार्यालयहरुमा सेवा लिन आउने सेवागा्रहीहरु प्रति अनुसाशित र इमान्दारी पुर्वक सेवा दिनु पर्ने बताउनु भएको छ ।
पछिल्लो समयमा धादिङका सरकारी कार्यालयहरुमा सरकारी वित्तिय संचालनमा सरलता र जवाफदेहिताका साथ कामहरु अगाडि बढेको सहकारी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यालय धादिङका प्रमुख दिलिप भण्डारीले बताउनु भएको छ ।
यसै गरी विकासका लागि नीति र योजना बित्तिय बिकास पक्ष बीच समन्वय भई गरिबी निवारणमा जोड दिनु पर्ने उहाँले बताउनु भयो । राजनीतिक अस्थिरता, भुकम्प र नाकाबन्दीले वित्तिय स्रोतको परिचालन र नतिजामा चुनौति थपिएको भण्डारीले बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदी, स्थानिय बिकास अधिकारी भगवत अर्याल र जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरद कुमार खत्रीको विशेष आत्थ्यिता रहेको थियो