दलको नेता चयनका लागि देउवा र पौडेलले उम्मेदवारी दिए

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २३, २०७२

काठमाडौं चैत्र २३ । नेपाली काँग्रेस संसदीय दलको नेता चयनका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
तत्कालीन संसदीय दलका नेता सुशील कोइरालाको निधनपछि कांग्रेसमा यो पद खाली रहेको छ । उम्मेदवारी दर्ताका लागि देउवा र पौडेल दलबलसहित आज संसदीय दलको कार्यालय सिंहदरबार पुग्नु भएको थियो ।
देउवाको प्रस्तावकमा फर्मुल्लाह मन्सुर र समर्थकमा पद्मनारायण चौधरी रहनु भएको छ भने नेता पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह र समर्थकमा महामन्त्री शशांक कोइराला रहनु भएको छ । देउवा र पौडेल दुबैले लोकतन्त्र बलियो बनाउन र कांग्रेसलाई एकढिक्का बनाउन आफूहरुले उम्मेदवारी दर्ता गरेको बताउनु भएको छ ।
दलको नेता चयनका लागि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा भोलि बिहान ११ बजेदेखि निर्वाचन हुँदैछ ।