सल्यानकोट आलडाँडाका स्थानियले अफ्ठ्यारो पर्दा खर्च गर्न रकम संकलन

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २२, २०७२

धादिङबेसी चैत्र २२ । धादिङ सल्यानकोटका आलडाँडाका स्थानियहरुले महिनाको २४ रुपैँया संकलन गरेर अहिले ३ लाख भन्दा बढी रकम संकलन गर्न सफल भएका छन् ।
घाईते, बिरामी हुँदा रकम अभावको कारण धेरैको ज्यान जान थाले पछि अहिले आलडाँडाका स्थानियहरुले रकम संकलन गर्न थालेको हो ।
अप्ठेरोमा पर्दा पैसा झिक्न सहज होस भनेर एउटा समुह बनाएर महिनावारी रकम संकलन गर्दै जाँदा ७ बर्षमा ३ लाख १६ हजार ४ सय पुगेको छ । २०६५ साल माघ १ गते देखि ४० जनाबाट २५ रुपैँया संकलन गरिएको थियो ।
अहिले त्यही २५ रुपैँयाबाट सुरु गरिएको संकलनबाट ३ लाख पैसा हुँदा उनीहरु खुसि भएका छन् । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज र शितल समाजले जनचेतना फैलाउने उद्देश्यले भारतमा गएका परिवारका सदस्यहरु रहने गरी एउटा समुह बनाएको थियो ।
पैसा कमाउनको लागि भारत जाने कयौँ युवायुवतीमा एचआईभी संक्रमण हुने र पछि घर आउँदा उसका श्रीमती तथा श्रीमानमा समेत सर्ने भन्दै त्यसबाट बच्नको लागि के गर्न सकिन्छ भनेर समुह बनाएर जनचेतना फैलाएको थियो ।
प्रत्येक महिनाको मसान्तको दिन बैठक बसेर रकम संकलन गरिन्छ र त्यही पैसा समुहका सदस्यहरुलाई न्युन व्याजदरमा दिने गरिएको छ । साथै समुहमा बस्दा पनि एचआईभीको विषयमा कुरा हुने गरेको छ ।