दिदीको परिक्षा बहिनीले दिदै गर्दा पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १८, २०७२

धादिङ चैत्र १८ । एसएलसी परिक्षाको पहिलो दिन नै एक जना नक्कली परिक्षार्थी पक्राउ परेकी छिन् ।
चौतारामावि सेमजोङ छात्रा सिम्वल नंवर १२६०७९६ की प्रेममाया तामाङ्गको नामवाट परिक्षा दिदै गर्दा नक्कली विद्यार्थी भेटिए पछि प्रहरीले पक्राउ गरेको हो ।
चौतारामावि सेमजोङको परिक्षा केन्द्र महेन्द्रबाराही उमावि कटुञ्जे परेकोले ती नक्कली परिक्षार्थी शर्मिला तामाङ्गलाई महेन्द्रबाराही उमाविबाट परिक्षा दिँदै गर्दा पक्राउ गरिएको गरिएको थियो ।
दुवै परिक्षार्थी लाई आवस्यक कार्वाहीको लागी सदरमुकाम ल्याएको प्रहरी जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जिल्लाका २६ वटा परिक्षा केन्द्रमा ७ हजार २ सय ४४ जना परिक्षार्थी संलग्न छन् । २६ वटा परिक्षाकेन्द्र मध्य वालमन्दिर मावि सहित ३ वटा परिक्षा केन्द्र मिन्दुका मावि नलाङ र जनजागृती उमावि थाँक्रेमा महिला केन्द्राध्यक्ष छन् ।