धादिङबेसी चैत्र १७ । भोली देखि सुरु हुने यस बर्षको एसएलसी परीक्षामा धादिङ जिल्लाबाट ७ हजार ४ सय १५ जना विद्यार्थीले परिक्षा दिने भएका छन् ।
जसमा नियमित तर्फ ६ हजार ५ सय ३१ जना र एक्जामटेडतर्फ ८ सय ८४ जना विद्यार्थी परिक्षामा सहभागि हुने जिल्ला शिक्षा अधिकारी रेणुुका पाण्डेले बताउनु भयो ।
यस पटकको एसएलसीमा प्रश्न पत्र बाडिसकेपछि पत्रकारहरु समेत कक्षाकोठामा प्रवेष गर्न रोक लगार्ईको छ जति फोटो भिडियो खिच्नु पर्ने हो प्रश्न पत्र बाड्न् अगाडी नै आफ्नो काम सक्न पनि पत्रकारलाई पाण्डेले आग्रह गर्नु भयो ।
गत वर्ष २१ वटा परीक्षा केन्द्र निर्धारण गरिएकोमा यस वर्ष ५ वटा थप गरी २६ वटा निर्धारण गरिएको छ । २६ वटा केन्द्र मध्ये ३ वटा केन्द्रमा महिला केन्द्राध्यक्ष खटाइएको जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ ।
नयाँ थप भएका परीक्षा केन्द्रहरु
सिद्देश्वर उमावि नलाङ,
सुनखानी मावि चैनपुर,
जनजागृति उमावि थाक्र्रे,
गणेशकुण्ड उमावि दार्खा
त्रिपूरासुन्दरी उमावि सल्यानकोट