जल उत्पन्न प्रकोप व्यवस्थापन विभागको २ दिने गोष्ठी सुरु

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १७, २०७२

धादिङबेसी चैत्र १७ । जल उत्पन्न प्रकोप व्यवस्थापन विभागको जल उत्पन्न न्यूनिकरणबारे धादिङबेसीमा २ दिने गोष्ठी सुरु भएको छ ।
आजको पहिलो दिन जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग नूर मुहम्मद खाँले जल उत्पन्न प्रकोप नियन्त्रण र विभागको गतिविधिका बारे जानकारी दिनु भएको थियो । उहाँले प्रत्येक वर्ष भइरहने विषम मनसुनी वर्षा प्रणाली, हिमनदी विष्फोटन, नाजुक आर्थिक अवस्थामा, जनचेतनाको कमी आदि कारणहरूले गर्दा हुने भू–क्षय, बाढी, पहिरो, नदी कटान, गेग्रान वहाव आदि जस्ता विभिन्न जल उत्पन्न प्रकोपहरू र यी प्रकोपहरूको कारणबाट विभिन्न भौतिक संरचना जस्तै, सडक, नहर, जल विद्युत, आवास, खानेपानी आदि संरचनाहरूको क्षति लगायत कृषियोग्य भूमिको नास,सांस्कृतिक सम्पदाको विनास, जनधनको क्षति जस्ता प्रकोपहरूको व्यवस्थापनमा काम गरि रहेको समेत बताउनु भएको थियो ।
यस्तै पूर्व महानिर्देशक गौरीशंकर बसीले जलउत्पन्न प्रकोपको कारण, नियन्त्रणका विषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा जल उत्पन्न प्रकोप व्यवस्थापन सम्बन्धी प्रण (भिडियो डकुड्रामा) समेत देखाईएको थियो ।