बाबुराम श्रेष्ठ, धादिङ चैत्र १४ / धादिङको अधिकांश गाविस कार्यालयहरुमा सर्बसाधारणहरुको निकै भिडभाड बढेको छ ।
बैशाख १२ गतेको विनासकारी भुकम्प पछि गाविस कार्यालयमा नागरिकता, जन्मदर्ता, विवाह दर्ता, बनाउन र जग्गा पासको सिफारीस लिन आउनेहरुको भिड लागेको हो ।
बिहान १० बजे अगाडि देखि नै विभिन्न कामले गाविस कार्यालयमा आएका र्बसाधारणहरुको भीड भाडले गर्दा सचिवहरुलाई काम काम गर्न भ्याई नभएको देखिन्छ ।
एउटा गाविस सचिवले एक भन्दा बढी गाविसहरु हेर्ने भएपछि काम गर्न धौ धौ भएको सेमजोङ गाविस सचिव सन्जित गहदराजले बताउनु भयो । गाविस सचिवहरुको संख्या कम भएकाले एक वा एक भन्दा बढी गाविस हेर्नु परेकाले सेवा ग्राहीहरुलाई सन्तुष्ट सेवा दिन कठिन भएकोे सेमजोङ गाविस सचिव गहदराजले बताउनु भएको छ ।
यसै गरी सचिवहरुले भने दुई वटा गाविस भन्दा एक गाविसमा काम गर्न सजिलो हुने सत्यदेबीका गाविस सचिव बताउनु हुन्छ ।
सेमजोङ गाविसका स्थानियबासिन्दा मिना तामाङले सर्बसाधारणहरुको भिड भाडलाई मध्ये नजर गर्दै गाविस सचिव तथा सहायक सचिवहरुले बिहान १० बजे देखि ४ बजेसम्म नै सर्बसाधारणहरुलाई सेवा दिईरहेको बताउनु भयो ।
सचिवहरु चाप र प्रेशर दबैमा छन् तर काम सेवाग्रीले पाएको स्थानएि तामाङले बताउनु भयो । सचिवहरुले सेवा दिए पनि सर्वसाधारणहरुलाई भने लामो समय सम्म लाईन बस्न समस्या भएको बताएका छन् । फोटो: आईती मायाँ तामाङ