होलष्टिक हेल्थ धादिङको स्वास्थ्य कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १३, २०७२

धादिङबेसी चैत्र १३ । होलष्टिक हेल्थ धादिङको आयोजनामा १ दिने स्वास्थ्य सम्बन्धी जनाचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
आधुनिक स्वास्थ्यको विकल्प,  होलिष्टिक हेल्थको सकंल्प भन्ने मुल नाराका साथ एड्भान्स एकेडेमी धादिङबेसमिा जनचेतना मुलक शिविर सम्पन्न भएको हो ।
कार्यक्रममा होलिष्टिक हेल्थ रिसर्ज सेन्टर काठमाडौंका एचएमसी लिडर कर्ण थापाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै काठमाडौंका एचएमसी लिडर निर्मला अर्याल, जानुका पौडेल, विश्व शान्ति अभियान धादिङका सयोंजक दिपक सापकोटाको आतिथ्यता रहेको थियो ।
अहिलेको समय विग्रदो वातावरण, मौसम परिवर्तन, ब्यस्त र आधुनिक जिवनशैलि, अस्वास्थ्य, आप्राकृतिक र विषादी युक्त खानपानको कारणले मानव शरिरमा हुने असर बारे जानकारी गराईएको होलष्टिक हेल्थ धादिङकी सुशिला रिजालले जानकारी दिनु भयो ।