वाईसियल नीलकण्ठ नगरपालीमा गणशकुमार श्रेष्ठ

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १३, २०७२

धादिङबेसी चैत्र १३ । योङ कम्युनिष्ट नीलकण्ठ नगरपालिकाको सम्मेलनबाट गणेशकुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
उपाध्यक्षमा बलराम रानामगर,  देवेन्द्र नेपाली,  सचिवमा ईश्वर कुमार भण्डारी, कोषाध्यक्षमा रेगन श्रेष्ठ,  सहित २६ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।
वईसियल धादिङ क्षेत्र नं २ का उपाध्यक्ष राजराम रिजालको अध्यक्षता रहेको कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्षराम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका सह–सचिव मनराज भण्डारी, वईसियलका केन्द्रिय सदस्य चन्द्र बहादुर सिलवाल लगायत वाईसियलका कार्यकर्ताहरुको सहभागितारहेको थियो ।