धादिङबेसी चैत्र १२ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) धादिङको छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले दिपा सिंखडा अध्यक्षयमा ५१ सदस्यसिय जिल्ला समिति गठन गरेको छ । जसमा उपाध्यक्ष सरिता थापा, सुमित्रा भण्डारी, सुशिला रिजाल र गंगोत्री चौलागाई सचिब दिपा कंडेल कोषाध्यक्ष.कृष्ण खड्का रहेका छन् ।
सम्मेलनले भगवती नेपालको अध्यक्षता १२ जना सल्लाहकार समितिको समेत चयन गरिएको छ । सम्मेलनको उद्घाटन गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ३ नम्बर प्रदश इन्चार्ज विमला सुवेदीले हिजो जनयुद्धले देखाएको छ, नयाँ नेपाल निर्माणमा महिला सहभागिता कति खाँचो पर्छ, यस तर्फ एक पटक सबैले फर्केर हेर्नु पर्ने बताउनु भएको थियो । । उहाँले अधिकाँस आन्दोलनको एजेण्डाहरु संविधानमा समावेस गरकाउन सकिएको बताउँदै सुवेदीले अब कार्यन्वयनको लागि जोड दिनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष रामबहादुर भण्डारीले महिलाहरुलाई चुलो चौकाबाट बाहिर निक्सन र लडेरमात्र अधिकार पाईने सन्देश अखिल नेपाल महिला संघ क्रान्तिकारीले लडेर नै आफ्नो आन्दोलन स्थापित गरेको बताउनु भएको थियो समाज परिवर्तन एमाओवादीले नै गर्ने बताउँदै अब १ को पार्टी एमाओवादी नै बन्ने दावी गर्नुभएको थियो । सम्मेलनमा माओवादी धादिङका सेक्रेटरी विजय बुर्लाकोटी, सह–सचिव मनराज भण्डारी लगायतको अतिथ्यता रहेको थियो ।