धादिङबेसी चैत्र ११ । तपाई हाम्रो सहयोग पाए बाच्न सक्छन् धादिङ दार्खा निवासी राम बहादुर थापा । फागुन २६ गते धादिङबेसी पुछारबजारबाट बगैचा तर्फजाने चोकको सिढी चढ्दा लडेर भुइँमा बजारीएका थापा यतिबेला काठमाडौं स्थित टिचिङ अस्पतालको आईसियूमा छन् ।
करीब २ हप्ता पछि हिजो उनले आँखा हेर्न सक्ने भएका छन् भने उनीले बोल्न प्रतिक्रिय दिन सक्दैनन् । गरिब परिवारका थापा गरिबीकै कारण धादिङबेसीको गणेश हिमाल गेष्ट हाउसमा कुकको काम गर्थे ।
टाउकोमा टाँका लगाईएको छ भने अप्रेशनबाट टाउकोमा जमेको रगत पनि निकालिएको छ । ३ लाख खर्च भैसक्यो बल्ल सामान्य होसमा आउनु भएको छ डाक्टरहरुले पूर्ण निको हुन सक्छ भनेका छन् भएको पैसा सकियो दैनिक २० हजार खर्च भै रहेको छ थापाको श्रीमती देवी थापाले बताउनु भयो ।
साथी भाई नातागोताले पठाई दिएको पैसाउले उहाँले आँखा सम्म हेर्न सक्ने हुनु भएको छ, अबको उपचार कसरी गर्ने होला चिन्ता व्यक्त गर्नु भयो ।
धादिङको विकट गाविस दार्खाका २६ वर्षिय रामबहादुर थापाको स्वास्थ्य सुधारका नीम्ति तपाई हाम्रो सानो सहयोग अमुल्य हुन सक्छ । जति सकिन्छ सहयोग गरौं मिजासीला थापालाई बचार्औ ।
सहयोगको लागि सम्पर्क उहाँको श्रीमती देवि थापा को सम्पर्क नं. ९८६०६८१५६३ तथा धादिङपोष्टका प्रधान सम्पादक नारायण सिलवाल ९८५११९११८१

