धादिङका १५ जना जेष्ठ नागरिक सम्मानित

Avatar photo
Dhadingpost
सोमवार, चैत्र ८, २०७२

आईतीमायाँ तामाङ
धादिङ चैत्र ८ । जेष्ठ नागरिक जिल्ला संघ धादिङले धादिङका १५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
महिला तथा बालबालिका कार्यालय धादिङको समन्वय तथा नीलकण्ठ नगरपालिका धादिङबेसीको सहयोगमा जेष्ठ नागरिक जिल्ला संघ धादिङले सम्मान गरेको हो ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं १ देखि १३ सम्मका ९० जना जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने आयोजकको लक्ष्य भए पनि १५ जनाको मात्र सहभागि भएको थियो ।
सहभागि भएका १५ जनालाई चार्जवाला टर्चलाईट एक वटा, गम्सा एक वटा, सरसफाईका लागि आवश्यक सामग्रीहरु लगायतका एक जना बराबर रु ५ सय नगद सहित सम्मान गरिएको थियो ।
जेष्ठ नागरिक जिल्ला संघ धादिङका अध्यक्ष सोमलाल ढुङगनाको अध्यक्षतामा सम्पन्न भएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिका कार्यालय धादिङ अधिकृत देवराज चौलागाई, महिला तथा बालबालिका कार्यालय धादिङ महिला अधिकृत साबित्री थापा रावल, लगायतको सहभागिता रहेको थियो । जेष्ठ नागरिक सम्मानको लागि अक्षय कोषको स्थापना समेत गरिएको छ ।