धादिङ ५१ औं अन्तराष्ट्रिय जातिय बिभेद उन्मुलन दिवस

Avatar photo
Dhadingpost
सोमवार, चैत्र ८, २०७२

धादिङबेसी चैत्र ८ । धादिङ जिल्लाका समग्र दलित समुदायको बिकासको लागि दीर्घकालिन योजना बनाएर अगाडि बढ्नु पर्ने कार्यक्रममा सरोकावालाहरुले बताएका छन् ।
५१ औं अन्तराष्ट्र्रिय जातिय बिभेद उन्मुलन दिवसको अबसरमा सोमबार धादिङबेसीमा आयोजना गरिएको जातिय छुवाछुत तथा बिभेद न्युनिकरणको लागि सरोकारवालाहरुको भूमिका बिषयक अन्तक्र्रिया कार्यक्रम सो कुरा सरोकारवालाहरुले बताएका हुन् ।
जातिय विभेद न्युनिकरणको लागि सरोकारवालाहरु समक्ष पु¥याउने मुख्य उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रममा दलित महिला संघ जिल्ला शाखा धादिङ, नेपाल दलित संघ, नेपाल उत्पीडित जातिय मुक्ति समाज, नेपाल दलित मुक्ति मोर्चाको संयुक्त आयोजनामा रहेको थियो ।
यसै गरी जातिय छुवाछुत तथा बिभेद न्युनिकरण सम्बन्धीे विद्यालय स्तरी गरिएका कविता प्रतियोगितामा पशुपति मावि नीलकण्ठ नगरपालिका १२, देउराली उमावि ससाह र महेन्द्र उमावि निलकण्ठ २ का विद्यार्थीहरुलाई प्रमाण पत्र र मायाको चिनाद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक शरद कुमार खत्री, एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारी, दलित अगुवा नेता गोपाल बिश्वकर्मा, कुलमान बिश्वकर्मा, दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य दिपक विश्कर्मा, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, दलित महिलाहरु लगायतको सहभागिता रहेको थियो ।