धादिङबेसी चैत्र ७ । एकिकृत अखिल नेपाल शिक्षक संगठन मण्डली उमाविको स्रोत केन्द्र स्तरयी भेला शनिबार मण्डली उमावि २ फुलर्खकमा सम्पन्न भएको छ ।
श्रोत केन्द्र सम्मेलन आयोजक समितिका संयोजक दामोदर भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठन धादिङका जिल्ला उपाध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त भेलाले ११ सदस्यीय श्रोत केन्द्र स्तरीय कार्यसमिति गठन गरेको छ । अध्यक्षमा चेतनाथ तिमल्सीना, सचिवमा निर्मला अधिकारी रहनु भएको छ ।
त्यसैगरी नवराज अधिकारीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहाकार समिति गठन गरिएको फुलखर्कबाट सहकर्मी मित्र दामोदर भट्टले जानकारी दिनु भयो ।
सल्यानटारमा पनि
एकिकृत अखिल नेपाल शिक्षक संगठनको स्रोत केन्द्र स्तरयी भेला सल्यानटारको रानी पौवा उमाविमा सम्पन्न भएको छ ।
इलाका नं ४ का नि बर्तमान अध्यक्ष दिपेन्द्र कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला कार्य समितिका सदस्य हरि प्रसाद तिमल्सीना, लगायतको सहभागिता रहेको थियो । भेलाले दिपक साहको अध्यक्षतामा ९ नयाँ कार्य समितिको चयन गरेको छ ।
उपाध्यक्षमा टेक बहादुर खकुरल, सचिवमा शिवराज थापा, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ, सहसचिबमा तारा श्रेष्ठ, चयन हुनु भएको छ । यसै गरी दिपेन्द्य्र कंडेलको संयोजकत्वमा ३ सदस्यीय सल्लाहाकार समिति गठन गरिएको हरि प्रसाद तिमिल्सेनाले जानकारी दिनु भयो ।
जिल्लाका सबै श्रोतकेन्द्रहरुमा भेला भएको बताईएको छ ।