एस.पी. शरद कुमार खत्रीलाई स्वागत

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ७, २०७२

धादिङबेसी चैत्र ७ । धादिङ उद्योग बाणिज्य संघले शनिबार जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख शरद कुमार खत्रीलाई शनिवार स्वागत तथा परिचयात्म कार्यक्रम सम्पन्न गरेको छ ।
धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा धादिङका प्रमुख शरद कुमार खत्रीलाई संस्थाले स्वगात गरेको हो ।
कार्यक्रममा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले धादिङ उद्योग बाणिज्य संघ धादिङको उद्योगको विकास तथा व्यवसायीक हक हितको लागि गरेका कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा धादिङका एस.पी. शरद कुमार खत्रीलाई धादिङको समग्र शान्ति सुुरक्षा बलियो र मजबुद बनाउने, जिल्लामा भएका आपराधिक क्रियाकलापहरुलाई अन्त्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
एस.पी. खत्रीले धादिङको शान्ति सुरक्षालाई बलियो बनाउन स्थानिय बासिन्दाहरु लगायत राजनीतिक दलहरुले आ–आफ्नो स्तरबाट प्रहरीहरुलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।