उपेशकुमार श्रेष्ठ
हिजो आज के मा व्यस्त ?
-अहिले हामीे service for Peace ले रमाइलो विद्यालय अभियानको सुरुवात गरेका छौँ । त्यसैको व्यवस्थापन र निर्माणमा व्यस्त भइरहेको छु ।
यहाँको पुख्र्यौली घर ?
-सुनौलाबजार वडा नं. ३ मा हो ।
लामो समय धादिङ बाहिर बस्नुभयो कता के गर्दै हुनुहुन्थ्यो ?
-हो म विगत ४–५ वर्ष धादिङ बाहिर नै बसेर सामाजिक काममा व्यस्त थिए । यस भन्दा पहिला सर्लाही जिल्लामा बसेर Service for Peace बाट नै विभिन्न सामाजिक कामहरु गरे त्यहाँ हामीले द्धन्द्ध पीडित बाल गृह सञ्चालन गरेका छौँ । अहिले द्धन्द्ध पीडित भुकम्प पीडित गरि ४७ जना बालबालिका रहेका छन् । साथ साथै सर्लाही जिल्ला नेपालकै सबैभन्दा धेरै असाक्षर भएको जिल्ला हो । त्यसैले हामीले ‘शिक्षाले राष्ट्रलाई माथी उचाल्छ’ भन्ने मुल नाराको साथ शैक्षिक कार्यक्रमलाई अघि बढारहेका छौँ । महिला साक्षरता कक्षा मीनि पुस्तकालय, सामुदायिक पुस्तकालय, घुम्ती पुस्तकालयहरु स्थापना गरेका छाँै । धादिङ बाहिर रहदा यिनै कामहरुमा व्यस्त थिएँ ।
रमाइलो विद्यालय अन्तर्गत कति विद्यालय भवन बनाउँदै हुनुहुन्छ ?
-अहिले हामीले यस रमाइलो विद्यालय अन्तर्गत ७ वटा विद्यालयहरुमा भवन निर्माण गर्दैछौँ जम्मा ५ वटा विद्यालयहरुको करीब ९० प्रतिशत काम सकिसकेका छौं । बाँकी २ वटा विद्यालय चाँडै नै सुरु गर्दैछौं ।
विद्यालयमा भवन निर्माण नै तपाईं र तपाईको प्रोजेक्टरले किन रोज्योे ?
-विद्यालय भवन नै रोज्नुको कारण जब भुकम्प गयो त्यस पछि केही समय स्वयम्सेवक भएर काम गरेँ र केही समयपछि गाउ–गाउँमा के कस्तो भइरहेको छ भनी हेर्न जाँदा सबै घरहरु त भत्केको नै छ र पनि त्यही सबै घरहरु भत्केको समुदायको बालबालिकाहरु जम्मा हुने स्थान र सिक्ने स्थान नै सबै संरचनाहरु भत्किएको पायौँ । सबै विद्यालयहरुमा घुम्दा त्यहाँको अवस्था हेर्दा विद्यार्थीहरु राम्रो बस्न नपाएको बाहिर पानीमा रुज्नु परेको, विद्यार्थी अभिभावकहरु त्रसित भईरहेको अवस्था देख्दा यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने हामीले विचार गरी साथीहरुसँग छलफल गरी विद्यालयलाई सहयोग गर्नुपर्छ भन्ने आधार यो “रमाइलो विद्यालय अभियान” सुरुवात ग¥यौँ र हामीले सुरुवातको दिनहरुमा १२ वटा विद्यालयमा त्रिपालको अस्थायी टहरा निर्माण गरी ६०० भन्दा बढी विद्यार्थीहरुलाई विद्यालय झोला, कापी, कलम, इलेजर, कटर, साथै विद्यालयमा विभिन्न किसिमको रमाइलो बाल कथा भएको कितावहरु मनोरञ्जनको लागी खेलौनाहरु वितरण गरेको थियौँ र हाल विद्यालय भवन निर्माण कार्य भईरहेको छ ।
कहिले सम्म लाग्छ भवन निर्माण कार्य सम्पन्न गर्नको लागी ?
-सुरुमा हामीले यही चैत महिनाको अत्य सम्म सबै निर्माणको काम सक्ने लक्ष्य राखेका थियौँ तर देशमा सिर्जना भएको चरम नाका बन्दीको प्रभावले समयमा नै निर्माण कार्य गर्न सकेनौँ र पौषबाट सुरु गरिएको हो, र अब २ महिना भित्र सक्ने लक्ष्य राखेका छौँ जसले गर्दा नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरुले यसमा भवनको प्रयोग गर्न सक्ने छन् ।
स्थानीयको साथ र सहयोग कतिको पाइने रहेछ ? कामको क्रममा यहाँको अनूभूती ?
-समाजकोे काम आफैँमा कठिन छ । सम्पूर्ण समुदायहरुको व्यक्तिहरुलाई समेटेर लानुपर्ने हुन्छ । अहिलेको अवस्थामा स्थानीयलाई मात्र दोष दिनु पनि हुँदैन । अहिले उनीहरुले कसरी बस्ने खाने भन्ने कुरामा चिन्तित छन् । तर पनि रमाइलो विद्यालय निर्माणमा स्थानीयबाट राम्रै सहयोग पाइरहेको छ ।
यति राम्रो काम गर्न सघाउने संस्थाको बारेमा पनि केही बताइदिनुस् न ?
-हामीले यो काम गरिरहेको संस्थाको बारेमा भन्नु पर्दा Service for Peace (शान्तिको लागी सेवा) ख्यगिलतभभच दभबमक मा २०६३ मा काठमाडांैमा स्थापना भई यस संस्थाले विभिन्न जिल्लाहरुमा सामाजिक कार्यक्रमहरु गर्दै आईरहेको छ । हाल सम्म महिला साक्षरता कक्षा, ४० भन्दा माथी मीनि पुस्तकालय, ६ वटा सामुदायिक पुस्तकालय, ४० भन्दा माथी घुम्ती पुस्तकालय स्थापना गरिसकेको छ । यस संस्थाले सर्लाही जिल्लाा द्धन्द्ध पीडित बालगृह सञ्चालन गरी ४७ बालबालिकाहरुको संरक्षण गरिरहेको छ ।
यस कार्यक्रम पश्चात अब के–के कार्यक्रम सञ्चालन गर्न योजनामा हुनुहुन्छ ?
-म मेरो योजना भन्दा पनि हाम्रो योजना भन्न रुचाउँछु । त्यसैले अब यस कार्यक्रम पश्चात पनि यी विद्यालय हरुमा विभिन्न शैक्षिक कार्यक्रमहरु लगेर निरन्तरता दिनेछौँ र नयाँ कार्यक्रमको बारेमा समुदाय र हामीहरु छलफल गर्दैछौँ ।
भविष्यमा अब तपाइको योजना ?
-अहिले सम्मको योजनामा सामाजिक कार्यलाई निरन्तरता दिनेछु र अझै दुर्गम र आवस्यक ठाउँहरुमा गएर काम गर्ने योजना बनाउँदै छौं ।