चीनलाई डब्लुएचओ आग्रह, समयमै कोरोनाको वास्तविक डाटा देउ

Avatar photo
Dhadingpost
आइतवार, पुस १७, २०७९

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनलाई समयमानै कोभिड–१९ संक्रमणको वास्तविक डाटा दिन आग्रह गरेको छ ।

संक्रमितको वास्तविक डाटा, अस्पतालमा भर्ना भएका, सधन उपचार कक्षमा भर्ना भएका, मृत्यु साथै जिन सिक्वीन्सिङको डाटा दिन चिनियाँ र डब्लुएचओका अधिकारीबीच भएको छलफलमा आग्रह गरेका हुन् ।

चीनले शून्य कोभिड नीतिलाई हटाएपछि तीब्र गतिमा कोरोना संक्रमण वृद्धि भइरहेको छ । कोरोना संक्रमित बिरामीले अस्पताल भरिएको तथा मृतकका शवले शवगृहहरु भरिएका खबर बाहिर आएका छन् ।