एकिकृत नेकपा माओवादीको अगुवा कार्यकर्ता भेला सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ६, २०७२

धादिङ त्रिपुरेश्वर चैत्र ६ । एकिकृत नेकपा माओवादी अगुवा भेला शुक्रबार त्रिपुरेश्वर गाविसको सम्पन्न भएको छ ।
एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष रामबहादुर भण्डारी प्रमुख आतिथ्यतामा गुम्दी, मापार्क, सल्यानकोट, त्रिपुरेश्वर ज्यामरुङ, गाविसमा रहेका अगुवा कार्यकर्ताहरुको भेला सम्पन्न भएको हो ।
अगुवा भेला कार्यक्रममा बोल्नु हुँदै भण्डारीले पछिल्लो समयमा देशको राजनीतिक एकिकृत नेकपा माओवादी नेतृत्वमा रहेको बताउनु भएको थियो । पार्टीलाई सशक्त र बलियो बनाउने केन्द्रिय स्तरका नेताहरु बीच एकता भावना हुन आबश्यक रहेको बताउनु भयो ।
उहाँले पार्टी भित्र केहि उग्रपन्थी संक्रिण स्वभावका केहि नेताका कारण गाउँमा संगठन विस्तार र एकता कायम गर्न नसकिएको बताउँदै पार्टी केन्द्रमा कुरा राखिसकिएको यो छिटै हल हुने बताउँनु भएको थियो ।
पार्टी भित्र फेर गुट उपगुट बनाउने गरि नेताका नामका गाउँ आए अब त्यो नेता हुन सक्दैन अगुवा कार्यकर्तालाई निर्देशन दिदै तपाईहरु केन्द्रबाट हैन जिल्ला नेतृत्वबाट चल्न निर्देशन दिनु भएको थियो ।