रत्नपार्कमा अब निशुल्क वाईफाई

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ५, २०७२

काठमाडौँ चैत्र ५ गते । हिजोको कुरुप रत्नपार्क आज सुन्दर बनाईएको छ त्यसमा पनि सार्वसाधारणले निःशुल्क इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन् ।

रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता अवलोकन कताएलाई सहज होस् भन्नाका लागि इन्टरनेटको व्यवस्था गर्न लागिएको हो ।

पार्कमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्दछन् । इन्टरनेटको सुविधापछि पार्क अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने एकाइको अपेक्षा गरिएको छ ।

पार्कको पुनःनिर्माणपछि सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिने गरिएको छ ।