संयुक्त राष्ट्र संघ लाई नै च्यालेन्ज उत्तर कोरीयाले गरायो कृतिम भुकम्प

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ४, २०७२

चैत ४ – उत्तर कोरियाले फेरि कृत्रिम भूकम्प गराएको दक्षिण कोरियाले आरोप लगाएको छ ।
नेपाली समय अनुसार बुधबार राति सवा ९ बजे उत्तर कोरियाकृतिम भुकम्प गर्राको दक्षिण कोरियाले आरोप लगाएको हो ।
गएको जनवरीमा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गर्दा ठूलो धक्का महशुस यस लाई दक्षिण कोरियाले ठुलो भुकम्प गएको मापन गरेको थियो।
उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको विश्वसनियतमा विशेषज्ञ भने विवादीत छन् । दक्षिण कोरियाले बुधबार रातिको धक्का कुनै परामाणु परीक्षण गर्दाको नभई विस्फोट कार्यका कारण भएको पनि जनाएको छ ।
भूकम्प जमिनको सतहभन्दा एक किलोमिटर गहिराईमा मापन गरिएकाले यो विस्फोटक कार्यकै कारण भएको दक्षिण कोरियाको दाबी छ । उत्तर कोरियाले मंगलबार मात्रै लघु आणविक बम बिस्फोट गर्ने बताएको थियो । उत्तरकोरियामाथि संयुक्त राष्ट्रसंघले २० वर्ष यताकै कडा प्रतिबन्ध लगाएको छ ।