चीन जाने टोलिको भ्रमण भत्ता करोड नाघ्ने (कसले कति पाउँछन् )

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ४, २०७२

काठमाडौं चैत्र ४ । यही चैत ७ गतेदेखि चीन भ्रमण जाने जम्बो टोलीका लागि एक करोड रुपैयाँ भन्दा बढी दैनिक भ्रमण भत्ता (टीएडीए) मा खर्च हुने भएको छ । यो खर्च यातायात तथा आबासबाहेकको हो ।
मन्त्रिपरिषद् को निर्णयअनुसार चीन जाँदा प्रधानमन्त्रीले दैनिक ती सय, मन्त्रीले दुई ५०, सचिवले दुई सय र सहसचिवले एक सय ७५ र उपसचिवले एक सय ५० डलर पाउँछन् । प्रधानमन्त्रीले पाँच दिनका लागि १ हजार ५ सय डलर अर्थात १ लाख ५९ हजार पाँच सय रुपैयाँ पाउनेछन् ।

त्यसैगरी सातजना मन्त्रीले दैनिक दुई सय ५० डलरका दरले ८ हजार सात सय ५० डलर अर्थात ९ लाख २७ हजार पाँच सय रुपैयाँ टीएडीए पाउनेछन् ।

भ्रमण टोलीमा संलग्न १४ सांसदले दैनिक दुई सयका दरले १४ हजार डलर अथर्तात १४ लाख ८४ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै सात सचिव, सात सहसचिव, र भ्रमण टोलीमा संलग्न अन्य २४ जनाले उपसचिवसरहको भत्ता पाउनेछन् । यसमा १९ लाख ८० हजार रुपैयाँ खर्च हुने छ ।
भ्रमण टोलीको संख्यासमेत झन्डै पाँच दर्जन हाराहारीमा पुग्ने भएको छ । चीन सरकारले त्यहाँको भ्रमणमा रहँदा खाने, बस्ने र यातायातको सुविधा उपलव्ध गराउने भएको छ । आजको अन्नपुर्ण पोष्टमा खबर छ