शुसिला रिजाल
धादिङबेसी चैत्र ३ गते । विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपाल ब्रम्हाण्डिया शान्ति महासंघद्धारा संयुक्त आयोजनामा सञ्चालित ५ दिने तालिम सम्पन्न भएको छ ।
धादिङबेसी स्थित नीलकण्ठ श्रोत केन्द्रमा संचालन भएको अलौकिक सिद्धान्तमा आधारित रहेर राष्ट्र निमार्णमा युवाको भूमिका नाम दिएको आज तालिम सम्पन्न भएको हो ।
एफ एफ डब्लुका बरिष्ठ प्रशिक्षक केशब श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा सहायक शिक्षा अधिकारी शोभाकर रेग्मीको पमुख आतिथ्यता रहेको थियो ।
तालिमको प्रशिक्षक केशव श्रेष्ठ, हरि बहादुर खत्री, र दिपक सापकोटाले सहभागिहरुलाई सहजिकरण गर्नु भएको थियो ।
तालिम पछि सहभागिहरुले सकारात्मक सोचको विकास वास्तविक जीवनको उद्धेश्यको बारेमा स्पष्ट भएको बताएका थिए ।
