एउटा पार्टीबाट ४ करोड नयाँ शक्तिलाई रकम बुझ्न खिमलाल डेनमार्क

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ३, २०७२

काठमाडौं । नेपालमा इसाईकरणका निम्ति सहयोग पुर्‍याउँदै आएका मुलुकमध्येको एक डेनमार्कले डा. बाबुराम भट्टराईलाई सङ्गठन विस्तार निम्ति दुई करोड चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको समाचार प्राप्त भएको छ ।
काठमाडौं स्थित डेनिस दूतावास सूत्रले जनाए अनुसार डेनमार्कको अल्टरनेटिभ पार्टीको तर्फबाट डा. भट्टराईलाई उक्त रकम सहयोग भएको हो । बाबुरामले उक्त रकम पार्टी सदस्यहरूको सङ्ख्या बढाउने र सङ्गठन विस्तार गर्ने काममा खर्च गर्नुपर्ने समाचार स्रोतको भनाइ छ ।
सन् २००४ मा डेनमार्कमा जन्मिएको अल्टरनेटिभ पार्टीले बाह्र वर्ष मै सात हजार आठ सय भन्दा बढी सदस्य सङ्ख्या पु¥याएर निकै ठूलो प्रगति गरेको बताइन्छ । उक्त पार्टीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नामक पार्टीलाई नेपालको वैकल्पिक पार्टीको रूपमा स्थापित गर्ने उद्देश्यले आर्थिक सहयोग गरेको बुझिएको छ ।
स्मरणीय छ, बाबुराम भट्टराई विगतमा माओवादी बनेर हिंसात्मक आन्दोलनमा सरिक हुँदा पनि डेनमार्क, नर्वेलगायतका इसाई मुलुकले आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरेको समाचार सार्वजनिक हुने गर्दथ्यो । प्रधानमन्त्री भएका बेला अमेरिका पुग्दा आफ्नी इसाई गुरुआमाको दर्शन गर्न न्युयोर्कबाट सयौँ किलोमिटर दूरी पार गरेर जानुभएका डा. बाबुराम भट्टराई नेपाललाई धर्मनिरपेक्ष बनाउन मुख्य भूमिका निर्वाह गर्ने नेतामध्ये पर्नुहुन्छ ।
संविधान निर्माणका निम्ति भएको छलफलका क्रममा धर्मनिरपेक्षता शब्द हटाउन प्रस्ताव आउँदा डा. भट्टराई त्यस प्रस्तावका विरुद्ध कडा रूपमा प्रस्तुत हुनुभएको थियो । नेपाललाई इसाईकरण गराउन विशेष भूमिका निर्वाह गर्दै आउनुभएका भट्टराईलाई पार्टी सञ्चालन गर्न इसाई मुलुकहरूबाट सहयोग प्राप्त हुने गरेको भन्ने चर्चा चलिरहेका बेला डेनमार्कबाट उहाँलाई प्राप्त सहयोगबारे जानकारी मिलेको हो, घटना बिचार साप्तहिकले खवर छापेको छ । फोटोः सामाजिक सञ्जालबाट डेनमार्क जादै गर्दाको