धादिङका ३ जनाले नै चुनाव हारे (कस्को मत कति ?)

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २, २०७२

धादिङबेसी चैत्र २ गते । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि गरिएको मतदानको नतिजा आएको छ ।
धादिङबाट उम्मेदवारी दिएका सबै उम्मेदवारहरुले चुनाव हारेका छन् ।
धादिङबाट केन्द्रिय सदस्यका लागि  रामनाथ अधिकारी, दिलमान पाख्रिन र कल्पना अधिकारीले उम्मेदवारी दिनु भएको थियो ।
रामनाथ अधिकारीले प्रदेश नं. ३ बाट कल्पना अधिकारी महिला आरक्षण र आदिवासी जनजाती आरक्षण तर्फ दिलमान पाख्रिनले उम्मेदवारी दिनु भएको थियो ।
रामनाथ अधिकारी र दिलमान पाख्रिन सस्थापन पक्षका रुपमा चिनिदै आएका थिए भने कल्पना देउवा पक्षको रुपमा चिनिदै आउनु भएको थियो
कस्ले कति मत पाएर हारे

-रामनाथ अधिकारी ८४७ मत
-दिलमान पाख्रिन १३८ मत
-कल्पना अधिकारी १६४ मत

फागुन २० गतेदेखि सुरू भएको महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयनको निर्वाचन २३ गते सम्पन्न गरेको थियो। जसको अन्तिम परिणाम सोमबार साँझमात्रै आएको थियो।
महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको प्रमाणपत्र बुधबार वितरण हुने भएको छ।
पार्टीको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित सभापति, महामन्त्री, कोषाध्यक्ष र सदस्यहरूको परिणाम सार्वजनिक भएलगत्तै निर्वाचन समितिले निर्वाचित सबै पदाधिकारी र सदस्यहरूलाई बुधबार अपराह्न ४ बजे पार्टी मुख्यालय सानेपामा एक कार्यक्रमको आयोजना प्रमाणपत्र वितरण गर्न लागेको छ ।