धादिङबेसीमा प्रहरीले दिएको तेलको कुपन किनबेच

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १, २०७२

धादिङबेसी चैत्र २ । धादिङ लगायत देशभर ईन्धन अभावभई रहेको बेला धादिङमा भने प्रहरीद्वारा सिफारिस भएको तेलको कुपन नै खुलेआम किनबेच हुने गरेको छ ।
प्रहरीले हस्ताक्षर गरेर धादिङ ढुवानी यातायात सेवा समितिलाई उपलब्ध गराएको कुपन प्रति कुपन ५०० देखि तेलको परिमाण अनुसार किनबेच हुनेगरेको हो ।
सरकारले आपुर्ती व्यवस्था सहज भएको भनिएता पनि अझैसम्म देशैभर डिजेल, पेट्रोल र ग्यास लगायतका ईन्धन हाहाकार भईरहेको छ । पहिलेको तुलनामा ईन्धनको आपुर्ती केही बढेको भएपनि सहज रुपमा उपलब्ध हुन भने सकिरहेको छैन ।
धादिङमा भने प्रहरीले सिफारिस गरेको तेलको कुपन नै खुलेआम किनबेच हुने गरेको छ । कोटा अनुसार तेलको सिफरिस ल्याएर गाउँ विकास समितिमा जाने ढुवानी साधनहरुलाई वितरण गरिएको ढुवानी यातायात सेवा समिति धादिङ का अध्यक्ष सुरेश रिजाले बताउनुभयो ।
धादिङमा प्रहरीले विभिन्न यातायात समितिहरुलाई कोटा प्रणाली अनुसार डिजेल वितरण गर्दै आईरहेको छ । प्रहरीले गाडी नम्बर खाली राखेर सिफारिस गर्ने गरेको र यसमा केहि रहस्य हुने अनुमान गरिदै आएको थियो ।
दुरी अनुसार ढुवानी गर्ने साधनहरुलाई तेलको सिफारिस दिने र उनिहरुले क्यूडायल अनुसार सामान ढुवानी गर्ने प्रहरी निरिक्षक हरि प्रसाद पौडेलले बताउनुभयो । विदा भैसकेको धादिङका प्रहरी नयव उपरिक्षक सविन प्रधान ग्यास, र डिजेल वितरणमा अनियमिति गरेको आफ्ना मान्छेलाई पुर्याउन समेत जाने र साधारण नागरीकलाई छैन भन्ने आरोप सँगै आजै सरुवा भए ।
धादिङ जिल्लामा ईन्धन आपुर्ती व्यवस्थाका लागी पहिले जिल्ला प्रशासनले अनुरोध गर्ने गरेकोमा अहिले भने पेट्रोल पम्पहरुले नै आयल निगम समक्ष अनुरोध गर्ने गरेकाछन ।
२ देखी १० दिनसम्मको अन्तरमा तेलहरु आयात हुने भैरवी आयल स्टोर्सका लेखापाल गोकर्ण घिमिरेले बताउनुभयो । एकातिर अभाव भईरहनु अर्को तिर प्रहरीले सिफारिस गरेको कुपन नै किनबेच गर्नु, र सबै पन्छिन खोज्नु कतै बाघ कराउनु र बाख्रा हराउनु जस्तै त होईन ।

कुपन विक्रि भैरहेको थाहा पाए पछि हामी ग्राहक बनेर समाचार संकलन गर्न पुग्यौ, त्यस बखत हामीले ग्राहक बनी खरिद गरेको कुपन