बन्ने भयो, म्यगङ-गैरा जोड्ने नयाँ सडक

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १, २०७२

धादिङ सेमजोङ चैत्र १ । नुवाकोटको म्यगङ र धदिङ्को सेम्जोङ गैरा जोड्ने सडक बन्ने भएको छ । आज भएको छलफलबाट स्थानिय स्तरबाटै पैसाउठाएर भएपनि यो सडक जोड्ने कार्य सम्पन्न गर्ने सेमजोङ गैराबासीले निर्णय गरेका छन् ।
आज भएको निर्णयलाई सार्वजनिक गर्दै सेमजोङबाट सुकराम तामाङ आफ्नो फेसबुक वालमा लेख्छन् ।
बिगत चार बर्षदेखी निरन्तर यो सडक बनाउने पहल गैरा बासिले गरिरहेको भए पनि सरकारी निकायबाट कुनै सुनुवाइ नभएको साथै गत बर्ष मात्र नेपाल सरकारको माननीय अर्थमन्त्री डा राम शरण महतबाट दिनुभएको आस्वासनको पनि कुनै टुङ्गो नभएकोले हाम्रो गाउको बिकास हाम्रो लागि हामी नै गर्छौ भन्दै बिकासप्रेमी जनताले सडक निर्माण समितीसआर्थिक सङ्कलन समिती र अनुगमण समिती बनाएको छ । साथै आजको छलफलमा आर्थिक सङ्कलन गर्दा दुई प्रकारको आर्थिक सङ्कलन गर्ने निर्णय समेत गरेको छ ।
१. दान सहयोग जुन पछि फिर्त गर्नु नपर्ने
२. रिन सहयोग जुन पछि ग बि स जि बि स बाट आएमा फिर्त गर्ने
यसको साथै देस बिदेसमा रहेका बिकासप्रेमी दाताहरुलाइ पनि अर्थिक सहयोगको लागि अपिल गर्ने निर्णय भएको छ।
आज सहयोग गर्ने वचन दिनेहरुको नामवलि र सहयोग रकम यस्प्रकार रहेको छ। तामामङले आफ्नो फेसबुक मार्फत सार्वजनिक गर्नुभएको आर्थिक सहयोगीको नामावली