खुल्ला तर्फ को–को भए विजयी (सुची सहित)

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १, २०७२

खुला २५ केन्द्रीय सदस्यमा १४ जना देउवा पक्ष,११ जना पाैडेल पक्ष


काठमाडौं चैत १ । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणनाको नतिजा सार्बजनिक भएको छ ।
खुल्ला तर्फ केहिबेर अघि सकिएको मतगणनामा शेखर कोइरालाले सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँले १८४८ मत प्राप्त गरि पहिलो नम्बरमा निर्वाचित हुनु भएको हो ।
त्यसैगरी नेपाली राजनीतिमा बदनामित पात्रका रुपमा चिनियका खुमबहादुर खड्का र प्रकाशमान सिंहले क्रमशः दोस्रो र तेस्रो बढी मत पाएका छन् ।
२५ जना भित्र युवा नेता प्रदिप पौडेल, विश्वप्रकाश शर्मा र बद्री पाण्डे नयाँ अनुहारका रुपमा आएका छन् ।

विजयी हुने कांग्रेसका खुलातर्फका केन्द्रीय सदस्यहरु
१. डा. शेखर कोइराला १८४८
२. खुम बहादुर खड्का १८४६
३. प्रकाशमान सिंह १७९५
४. कुलबहादुर (के.बी.) गुरुङ १७७३
५. प्रदीप गिरी १७२५
६. प्रदीप पौडेल १७०६
७. बालकृष्ण खाण १७०४
८. धनराज गुरुङ्ग १६९७
९. पूर्ण बहादुर खड्का १६८६
१०. रमेश लेखक १६७९
११. बिमलेन्द्र निधि १६७४
१२. बल बहादुर के.सी. १६७३
१३. महेश आचार्य १६६९
१४. विश्वप्रकाश शर्मा १६२०
१५. सुजाता कोइराला १६१९
१६. डा. राम शरण महत १६११
१७. शंकर भण्डारी १५४७
१८. एन.पि. साउद १५४७
१९. चन्द्र भण्डारी १५१०
२०. ज्ञानेन्द्र बहादुर कार्की १५०२
२१. गोपाल मान श्रेष्ठ १४९९
२२. डा. प्रकाश शरण महत १४९१
२३. बद्री पाण्डे १४८५
२४. डा. नारायण खडका १४६४
२५. डा. मिनेन्द्र रिजाल १४२०