धादिङ, ताजिम्राङ फागुन । उत्तरी धादिङको रि गाउँ विकास समिति वडा नं ७ ताजिम्राङमा झुसिल किराले सताएको छ ।
एक सय ६० घर धुरीका मानिसहरु बसोबास गर्दै आएको ताजिम्राङमा हावाले उडाएर ल्याएको झुसिल किराको भुवा शरीरमा टाँसिने र अनि सहनै नसकिने गरि चिलाउने समस्याले विगत १ महिना देखि सताएको हो ।
चिलाएको ठाउँमा रातो फोका उठ्ने, घाउ हुने गरेको स्थानियको भनाई रहेको छ ।
उपचारको लागि स्वास्थ्य चौकी जाँदा उपचार समेत निको नहुने, भुकम्पले अस्थ ब्यस्थ भएको अबस्थामा यस्तो समस्या आउँदा स्थानिय चिन्तित बनेका छन् ।
चैत्र महिनाको सुरुवात देखि नै यो गाउँमा झुसिल किराले सताउँदै आईरहेको बिकास तामाङले बताउनु भएको छ ।