धादिङबेसी बसपार्क क्षेत्रमा सरसफाई गरियो

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २९, २०७२

धादिङबेसी फागुन २९ । धादिङबेसीको पुछारबजार बसपार्क क्षेत्रमा सरसफाई गरिएको छ ।
हरेक शनिबार सरसफाई गर्ने गरि माघ १९ गते देखि सुरु भएको सरसफाई अभियानको क्रममा आज धादिङबेसी वस पार्क क्षेत्र सरसफाई गरिएको हो ।
सरसफाई अभियानमा धादिङबेसीको हाता भित्र रहेको सम्पूर्ण संघ संस्थाहरु, सरकारी निकायहरुले प्रत्येक हप्ताको शनिबार बिहान ८ बजे देखि ९ बजे सम्म सरसफाई कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार आजको सरसफाईको नेतृत्व उद्योग वाणिज्य संघ धादिङले गरेको थियो ।
अर्को शनिवारको सरसफाई कार्यक्रममो जिल्ला वार सोसिएसन धादिङले गर्ने बताईएको छ ।