धादिङबेसी फागुन २७ । भुकम्पबाट आमा बाबु गुमाएका र परिवारबाट विचल्लीमा परेका बालबालिकाहरु अल्पकालिन बालगृह बस्दै आएका छन् ।
जोमिारा, धुवाकोट, सेम्जोङ, भुमेस्थान, तिप्लिङ, जिवनपुर गाविसका र नीलकण्ठन नगरपालिका बालबालिकाहरुलाई टुहुरा हुनबाट बचाउन आवर संञ्चार संस्था बालगृहमा राखेको हो ।
भुकम्पले टुहुरा बनेका बालबालिकाहरुले अहिले खुलेर आफ्नो कुरा भन्न र बालगृहलाई आफ्नो घर जस्तै मानेर बस्ने गरेका छन् । बालगृहलाई पढाउने, नाच्ने, भय रहित बाताबरणमा हुर्काउन आवर सञ्चार संथाले सहयोग गरेको बालगृहमा कार्यरत आशिष नेपालले बताउनु भयो ।
भुकम्प पछि बाबु आमा गुमाएका ४२ जना बालबालिकाहरुलाई तनावबाट मुक्त गराई यस संस्थाले आमा बुबाको माया जस्तै माया दिँदै आइरेको छ ।
बालबालिकाको लागि संरक्षण गर्दै आईरहेको आवर सञ्चार संस्थामा विदेशीहरुले त्यहाँ रहेका बालबालिकाहरु सँगै बस्ने, नाच्ने गरेका छन् ।
भुकम्प गए पश्चात विचलीत बनेका बालबच्चाहरु अहिले भने निकै खुसीका साथ बाल गृहमा रमाउँदै आईरहेका छन् । आमा बुबाको माया बालगृहमा पाए पछि टुहुरा बनेका बालबालिकाहरु अहिले पढ्ने, नाच्ने, रमाउने र गीत गाउँदै रमाएका छन् ।