धादिङ फाल्गुन २७ । नलाङ्ग स्थित प्रहरी चौकीले शिकार खेल्न जंगल जादैं गरेका ६ जना लाई पक्राउ गरेको छ ।
प्रहरीले ३ थान अबैध भरुवा भन्दुक बन्दुक सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नलाङ्ग-८, निवासी १९ वर्षीय झलकवहादुर घले, कुम्पुर-९ निवासी १९ वर्षकै ठाकुर श्रेष्ठ, कुम्पुर-१ निवासी आशिष घले, सीताराम घले, किशोर घले र निरवहादुर घले रहेका छन् ।
पक्राउ परेकाहरुलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।