धादिङबेसी फागुन २६ । अखिल नेपाल ट्रेड युनियन महासँघ धादिङको अध्यक्षयमा बद्री सुवेदी अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासँघ धादिङको प्रथम जिल्ला सम्मेलन तथा प्रशिक्षक कार्यक्रमबाट सुवेदी निर्वाचित हुनु भएको हो ।
यसै गरी उपाध्यक्षमा कुल प्रसाद काफ्ले, अमृत जंग भण्डारी, सचिवमा सञ्जय देवकोटा, सह–सचिवमा प्रदिब भट्ट, शंकर तामाङ र कोषाध्यक्षमा राजकुमार सुवेदी सहित १७ सदस्यीय कार्य समिति गठन गरिएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासँघ धादिङको सम्मे एकिकृत नेकपा माओवादी धादिङका इन्चार्ज पुष्प बिक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कस्ता मजदुरहरुको सहभागिता रहेको थियो, हामीले देखेको मजदुरहरुको हेर्दा साच्चै अधिकार नपाए जस्तो श्रम अनुसारको ज्याला नपाए जस्तो देखिन्थे फोटोमा देखिएका यी मजदुर को हुन् यी के गर्दछन् हामी सबैको चासो बन्न नितान्त आवस्यक छ ।
उनी उमेरले युवा पार गरि सकेका तर सानो कछाडको भरमा धादिङबेसीमा भएको कार्यक्रममा सहभागि हुने साहास मान्नै पर्छ । यी यस्ता मजदुरका अधिकार सुनिश्चितताको लागि नव निर्वाचित सुवेदीले कतिको संघर्ष गर्दछन् हेर्नै पर्छ ।
अन्यायमा परेका मजदुरहरुलाई न्याय दिन सके मात्र अखिल नेपाल टे«ड युनियन महासंघका धादिङको स्थापना गर्नुको औचित्य रहने प्रमुख जिल्ला अधिकारी विश्ब प्रकास सुवेदीले बताउनु भएको छ ।
कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारी, अखिल नेपाल ट्रेड युनियन महासंघका उपमहासचिव जगत सिंखडा, प्रमुख जिल्ल अधिकारी विश्व प्रकास सुवेदी, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक भिम भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।