नयाँ शक्ति धादिङको नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २६, २०७२

धादिङबेसी फागुन २६ । नयाँ शक्ति निर्माण अभियान अन्तिरिम परिषद नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न धादिङबेसीमा भएको छ ।
जनताहरुको लागि सक्षम नेतृत्व गर्न सक्ने र बैकल्पिक बिचारको लागि बाबुराम भट्टराईले नयाँ शक्ति जन्माएको नयाँ शक्ति निर्माण नेपालका केन्द्रिय सदस्य एवम् महिला विभागका प्रमुख कल्पना धमलाले बताउनु भएको छ । सत्ता पक्षसँग दश बर्षीय जनयुद्ध गरेर आएको माओवादी पार्टी अहिले ५ भागमा विभाजन भएको धमलाले बताउनु थियो ।
भट्टराईको नेतृत्वमा खोलिएको नयाँ शक्ति पार्टीले जनताहरुको हक हितको लागि काम गर्ने धमलाले बताउनु भयो । सत्ता पक्षमा हुँदा भट्टराईको विचारलाई जनताहरुले सहजै रुपमा स्वीकार गर्ने गरेकोले नयाँ शक्ति पार्टीलाई पनि सबैले साथ दिने उहाँको भनाई रहेको छ ।
नयाँ शक्ति निर्माण नेपाल धादिङका प्रमोद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नयाँ शक्ति निर्माण नेपालका केन्द्रिय सदस्य एवम् महिला विभागका प्रमुख कल्पना धमलाको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलाले अशोक बस्नेतको संयोजकत्वमा २१ सदस्यीय अन्तिरिम नगर परिषद गठन गरेको थियो ।
तस्वीर अशोक बस्नेतको फेसबुकबाट