अखिल क्रान्तिकारी धादिङको अध्यक्षमा माधव छत्कुली

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २५, २०७२

धादिङबेसी फागुन २५ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी धादिङको अध्यक्षमा माधव छत्कुली निर्वाचित हुनु भएको छ ।
धादिङबेसीमा सम्पन्न अखिल क्रान्तिकारी धादिङको २० औं जिल्ला सम्मेलनबाट छत्कुली अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
शैक्षिक माफियाकरण र अराजकता अन्त्यका लागी सुढृढ सगंठन राष्ट्रिय स्वाभिमानको पक्षमा २० औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलनले ३४ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यार्थीहरुले असल बाटो रोज्ने कि खराब बाटो रोज्ने भन्ने विषयमा आफैले निर्णय गर्नु पर्ने कुरा एकिकृत नेकपा माओवादी धादिङका इन्चार्ज पुष्प विक्रम मल्लले बताउनु भएको छ ।
नयाँ इतिहासको रचना गर्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी सगंठनले अब सम्पूर्ण स्कूलदेखि मावि , उमावि सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई सगंठनमा जोडिदै जानु पर्ने एकिकृत नेकपा माओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारीले बताउनु भएको थियो ।
कार्यक्रममा धादिङका पूर्व नेताहरु, ताराभण्डारी, पुजन थापा र नारायण सिलवाललाई सम्मान गरिएको थियो ।
निर्वाचित कार्यसमितिको नामावली
अध्यक्ष – माधव छत्कुली
उपाध्यक्ष – बिमल तामाङ
उपाध्यक्ष – सन्तोष उप्रेती
सचिब – रुपा पाख्रीन
सह-सचिब – उपेन्द्र जमकट्टेल
सह-सचिब – अर्चना तिवारी
कोषाध्यक्ष – राज गुरुङ (नेत्र)
सचिबालय सदस्यहरु:-
गणेश कुमार श्रेष्ठ
कुमार तामाङ
रबिन्द्र थापा
लक्ष्मी गुरुङ
सदस्यहरु:-
गोकर्ण दर्जी
सुबोध अर्याल
सुकराम तामाङ
दिपेन्द्र लुइँटेल
शम्भु तामाङ
गणेश घिमिरे
चन्द्र लामा तामाङ
बिजय तामाङ
प्रयास घले
मेलिना लामा
सुनिता नेपाली
धन बहादुर चेपाङ
शिन्धु भट्ट
नवीन अधिकारी
राजकुमार थापा
मनोज गुरुङ
रमिता लामिछाने मगर
बिमला श्रेष्ठ
रोजिना भण्डारी
श्रीकृष्ण थापा
चन्द्र गुरुङ
शिबराम सुवेदी
बिज्ञान तामाङ