हामी बम माथि बसि रहेका छौं, जुन बेला पनि विष्फोट हुन सक्छ- गंगालाल तुलाधर

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २३, २०७२

gangalal-tuladharधादिङबेसी फागुन २३ । धादिङ क्षेत्र नं. २ का संसद गंगालाल तुलाधरले हामी नेपालीहरु बम माथि बसेको यो जुनबेला पनि बिष्फोट हुन सक्ने बताउनु भएको छ ।
आज धादिङबेसीमा आयोजित विपद जोखिम न्यूनिकरणका लागि राष्ट्रय अभियान कार्यक्रममा बोल्दै तुलाधरले यस्तो बताउनु भएको हो ।
उहाँले हामी बम माथि बसि रहेका छौं सजग हुने कि नहुने ? भुकम्पिय जोखिमको हिसावले नेपाल १० नम्बरमा पर्छ । अब पनि हामीले ९० वर्ष पछि भन्न थाल्यो भने पछुताउन् सिवाय केहि नहुने बताउनु भएको थियो । हिउँहरु पग्लिएर हिमताल फुट्न खतर, भुकम्पको खतरा नेपालीहरुले सोच्नेबेला आएको छ आवास पुनःनिर्माण गर्दा होसियारी अपनाउनु पर्ने बताउनु भएको थियो ।
जिल्ला विकास समितिको सभाहलमा उक्त एक दिवसीय अन्तरक्रियमा भाग दिदै भुकम्प ग्रस्त देशहरुमा काम गदै आएका दुई अमेरिकन प्रोफेसर लु र रिजीले नेपालीहरुले राहातको खोजी भन्दा मौलिकता र स्थानिय पहुँचका आधारमा जोखिम न्यूनिकरण तर्फ सोच्न सके दिर्घकालिन फाईदाहुने बताएका थिए ।