धादिङका १सय १२ सहिद तथा २६ वेपत्ता परिवारलार्ई सम्मान

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २१, २०७२

धादिङबेसी फागुन २१ । एकिकृत नेकपा माओवादी धादिङले सहिद तथा बेपत्ता परिवारहरुलाई शुक्रबार सम्मान गरेको छ ।
एमाओवादीले सहिद सप्ताहको अन्तिम दिन आज जिल्ला भरका सहिद तथा बेपत्ता परिवारहरुलाई सम्मान गरेको हो ।
एमाओवादी धादिङका इञ्चार्ज पुष्पविक्रम मल्लले एमाओवादी पार्टी हजारौं सहिदका सपना पुरा गर्न संघर्षरत रहेको बताउनु भएको थियो ।
उहाँले नयाँ शक्ति तर्फ इकित गर्दै सहिद र वेपत्ताको एजेण्डा पुरा भै सक्यो भन्दै सहिदका सपना माथि खेलवाड गर्नेहरुलाई राम्रो सँग चिन्न र व्यवहार गर्न आग्रह समेत गर्नु भएको थियो ।
त्यस्तै ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष शालिकराम जमकट्टेलले एमाओवादी विग्रिएको छैन नेपाली क्रान्तिले गरेको उपलब्धीमा बुझाईको समस्या भएको बताउनु भएको थियो । एमाओवादी सहिद वेपत्ताहरुको भावना अनुसार नै अगाडी बढेको र अव पनि त्यहि अनुरुप अगाडी बढ्नेमा ढुक्क रहन आग्रह गर्नु भएको थियो ।
यस्तै एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले जिल्ला भरका सहिद तथा वेपत्ता परिवार जनलाई सम्मान गर्दै पार्टीले अहिले सम्मको आन्दोलन जित्दै आएको छ यो नै सहिद तथा वेपत्ता परिवाजनले उपलब्धीका रुपमा लिनु पर्ने बताउनु भएको थियो ।
द्धन्द्धको समयमा वेपत्ता तथा सहिद हुन पुगेका ब्यक्तिहरु अहिले निकै पीडामा परेको छन् । राज्यको तर्फबाट केही कुरा सोच्नु जरुरी रहेको आगिञ्चोकका वेपत्ता परिवार कल्याण भण्डारी बताउनु भयो ।
सहिद तथा बेपत्ता परिवारहरुलाई नगद, सम्मान पत्र र दोसल्लाह ओढाएर सम्मान गरिएको थियो । धादिङ जिल्लामा १० बर्षै जनयुद्धको क्रममा राज्य पक्षबाट अहिले सम्म पनि २७ जना बेपत्ता छन् । भने १ सय १२ जनालाई हत्या गरिएको थियो ।