नारी जागरणकोे आफैबाट सुरु गरौं विषयक अन्तरक्रिया

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २१, २०७२

धादिङबेसी फगुन २१ । नारी जागरण १०६ औं राष्ट्रिय नारी दिवसको अवसर पारी नारी जागरण केन्द्र धादिङले आज धादिङबेसीमा आफैबाट सुरु गरौं विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नारी जागरण केन्द्र र नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले अहिलेको समयमा पनि नारीहरु किन पछाडी परेका छन् ।
नारीहरु अगाडी बढ्न के गर्न सकिन्छ र नारीले पनि गरे के सक्दैन भन्ने बारेमा कार्यक्रममा छलफल गरिएको थियो । त्यसै गरि कार्यक्रममा बोल्दै सो सस्थाकी अध्यक्ष भगवती उप्रेतीले नारीहरुले आफ्नो हक अधिकार लिनका लागि आफै सक्रिय भई लाग्नु पर्ने बताउदै उक्त सस्थाले स्थापना कालदेखि हालसम्म महिला तथा बालबलिकाको क्षेत्रमा आर्थिक, सामाजिक , शैक्षिक स्वास्थ्य र सशक्तिकरणका साथै महिला विरुद्धको अभियानमा प्रभावकारी ढङगले कार्य गर्दै आएको बताउनु भएको थियो ।
त्यसै गरि कार्यक्रममा सहभागि नारीहरुले नारीका बेदनाहरुलाई गित तथा कविताद्धारा प्रस्तुत गरेका थिए । कार्यक्रममा उक्त सस्थाका शेयर सदस्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।