धादिङफागुन २१ । नेपाली कांग्रेसको १३औं महाधिवेसनको बन्दसत्र आजदेखि सुरु हुँदैछ । आज १२ बजेपछि सूरु हुने महाधिवेसनमा नीतिगत विषयमा छलफल सूर हुनेछ । महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयनका साथै पार्टीले लिने नीति र कार्यक्रमसमेत टुंगो लगाउनेछ । फागुन २३ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने महाधिवेशनको बन्दसत्र आजदेखि भृकुटीमण्डपमा हुने तय गरिएको छ । संविधान कार्यान्वयन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम बन्दसत्रमा पेस हुने जनाइएको छ । बन्दसत्रमा महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको प्रतिवेदन, विधान संशोधन प्रस्ताव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ । बन्दसत्रमा पेस हुने सबै प्रतिवेदन केन्द्रीय समिति बैठकले सर्वसम्मतिले पारित गरिसकेको छ । ३ हजार १ सय ७० महाधिवेशन प्रतिनिधि सहभागी हुने महाधिवेशनमा २ सय ४० निर्वाचन क्षेत्रबाट २ हजार ८ सय ८० सहित १९ देशमा रहेका जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संगठनबाट प्रतिनिधि सहभागी हुनेछन् । केििन्द्रयसदस्यका लागि धादिङबाट ६ जनाले उम्मृदवारी दिन लागेका छन् ।
यो पनि पढ्नोस्
धादिङबाट ६ जनाले उम्मेदवारी