धादिङबेसी फागुन २१ । सामुदायिक वनहरुको वेवास्ताका कारण धादिङका अधिकांस सामुदायिक वन जंगलहरुमा डढेलो लागेको छ । डढेलोले पृथ्वीराजमार्गको वेनीघाट, गजुरी, जोगीमारा ,सलाङ, नलाङ गाविसका धेरै जसो सामुदायिक वनहरु डढेंलोले सखाप पारेको छ ।
नेपालकै सबै भन्दा वढी ६ सय ७२ वटा सामुदायिक वनहरु धादिङमा दर्ता छन् ।
सामुदायिक जंगल र मानविय बस्ती निकै नजिकै रहेका कारण पनि डढेलो लाग्ने गरेकोु जिल्ला वन कार्यालय धादिङका साहायक वन अधिकृत सुदिप छत्कुलीले बताउनुभयो ।
पशुपालन गरेका स्थानीयवासीहरुले नयाँपालुवा पलाए पछि गाईवस्तु चराउन सजिलो हुने भन्दै डढेलो लगाउने गरेका छन् भने दाउरा संकलनमा पनि सहज गराउन डढेलो लगाउने गरेको स्थानीयवासीहरु वताएका छन् ।
विगतका वर्षहरुमा सामुदायिक वन उपभोक्ता महासंघको पहलमा जिल्लाका विभिन्न स्थानहरुमास्थानीय वन उपभोक्ता र सहकारीहरु लाई विरुद्ध डढेलोका चेतनामुलक कार्यक्रम हरु संचालन गरेकोले निकै कम डढेलो लागेको थियो ।
लापरवाहीकै कारण यसपाली त धादिङमा गत पुस महिना वाटै डढेलो लाग्न शुरु गरेको छ, तल्लोवेंसीका शिक्षक विष्णु अधिकारीले वताए । कतिपय सामुदायिक वनजंगलमा लागेको डढेलो स्थानीय उपभोक्ताहरुले सामुहिक प्रयासबाट निभाएर आगलागी नियन्त्रणमा लगेका छन् कतिपय समुदायिकवन जंगल डढेलोले सखाप वनाएको छ ।
डढेले निभाउने लाई पुरस्कृत र डढेलो लगाउनेलाई सजाय यी दुबै भएको देखिंदैन यसरी कसरी होला समुदायीक वनको रक्षा समयमै सोचौं सामुदायीक वनको रक्षा गरौं ।
