धादिङबाट केन्द्रिय सदस्यमा ७ काँग्रेस नेताले उम्मेदवारी दिने (को कस्को प्यानलबाट)

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १९, २०७२

धादिङबेसी फगुन १९ । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि अन्ततः त्रिपक्षीय भिडन्त हुने भएको छ ।
नेपाली कांग्रेसमा कोइराला परिवारको विरासतपछि काँग्रेसमा दुई होइन, तीन भन्दा बढी गुट उपगुट भएका छन् । फलस्वरुप अन्ततः त्रिपक्षीय प्रतिष्पर्धा हुने पक्का भएको छ ।
कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले पार्टी सभापति सुशील कोइरालाको निधनपछि स्वस्फूर्त रुपमा आफू नै दावेदार भएको बताउनु भएको छ ।
यता कृष्णप्रसाद सिटौलाले पनि आफ्नो छुट्टै समूह तयार गरेपछि संस्थापनमै स्पष्ट दुई समूह र देउवाको अर्को समूहबीच कडा प्रतिष्पर्धा हुने भएको हो ।
धादिङका ७ जनाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने पक्का पक्की भएको छ ।
को-को हुन् ?  धादिङबाट केन्द्रिय सदस्य बन्न चुनावी मैदानमा जाने यतिवेला केन्द्रिको चासो जस्तै धादिङमा समेत चासो बनेको छ ।

को-को उठ्दैछन् धादिङबाट केन्द्रिय सदस्यमा ७ जना

को-को कस्को प्यानलबाट
रामचन्द्र प्यानलबाट उम्मेदवारी दिन लागेका
१. रामनाथ अधिकारी
२. बासु तिमल्सिना

संस्थापनमा देखिएको मतभेद सँगै संस्थापन नकिट मानिएका दुई मध्य कताबाट उममेदवारी दिने भन्ने एकिन गर्न नसकेका
१. दिलमान पाख्रिन
२. तिलक रुवाली

देउवा प्यानलबाट उम्मेदवारी दिन लागेका
१. डा. राजाराम कार्की
२. कल्पना अधिकारी
३. देवप्रकाश त्रिपाठी