धादिङबेसी फागुन १९ । सामुदायिक प्रकोप व्यवस्थापन समिति जिल्ला सञ्जाल धादिङले जिल्ला प्रशासन धादिङलाई ८ बुँदे माग पत्र पेश गरेको छ ।
सञ्जालले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई कार्यकक्ष मै पुगि ८ बुँदे माग पत्र पेश गरेको हो ।
महाभुकम्प पिडितहरुलाई सरकारले घोषित गरेको पुःनबास र पुनःस्थापनाका लागि सहयोग रकम शिघ्र पुर्याउनु पर्ने, विपद पश्चात हराएका कागजातहरु लालपुर्जा, शैक्षिक प्रमाण पत्र सहज तवरले छिटो भन्दा छिटो उपलब्ध गराईयोस् जस्ता मागहरु सञ्जालका धादिङ अध्यक्ष नारायण तिमल्सिनाले सुवेदी सामु राख्नु भएको थियो ।
आजै पत्रकार महांसघ धादिङको सभाहलमा पत्रकार सम्मेलन गर्दै सामुदायिक प्रकोप व्यवस्थापन समिति जिल्ला सञ्जाल धादिङका अध्यक्ष तिमल्सिनाले आफुहरुले धादिङमा हाम्रो सवाल हाम्रो नेतृत्वको मान्यताले काम गरि रहेको बताउनु भएको थियो ।