समितिमा मारामार, धारामा पानी आउन छाड्यो उपभोक्तालाई सास्ती

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १९, २०७२

धादिबेसी फागुन १९ । धादिङको नीलकण्ठ नगरपालिका स्थित पुछारबजार क्षेत्रमा खानेपानीको समस्या उत्पन्न भएको छ ।
महिनौं दिन देखि खानेपानीको समस्या उत्पन्न भए पछि स्थानीयहरुले मुल पाईप नै निकालेर पानी प्रयोग गर्न बाध्य भएका छन् ।
पुछारबजारका सबै घरमा धारामा पानी नआएपछि घर अगाडीको मेन लाईनबाट सिधै पानी उपभोग गर्नुपरेको स्थानीयहरुले शान्तीमाया गुरुङले बताउनु भयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता समिति धादिङ खानेपानी महसुल दोब्बरले बढायो त्यो रकम बजार क्षेत्रको सरसफाई गर्न समेत लिएको बतार्ईको थियो अहिले सरसफाईको लागि नगर पलिकालाई शुल्क लिदै आएको छ । तर खानेपानी सरसफाई उपभोक्ता समितिले न महसुल उति नै लिदै आएको छ । धारामा पानी आउदैन महसुल तिर्न १ दिन ढिला भए उपभोक्ताले जरिवाना तिर्नु पर्छ यो कस्तो नियम हो उहाले आक्रोश व्यक्त गर्नु भयो ।
स्थानिय मिडियाले उपभोक्ता समितिको मनलाग्दीबारे समाचार दिन नसकेको प्रति गुरुङले दुःख व्यक्त गर्नु भयो ।
एकाथरि उपभोक्ताले महंगो पैसा तिर्नुपर्ने अर्काथरीले महिनौ देखि पानी चोरर खाई रहँदा पनि खानेपानी उपभोक्ता समिति कानमा तेल हालेर बसेको छ । धादिङबेसी पुछारबजारमा डेरा गरी बसिरहेका मानिसहरुलाई भने निकै समस्या परिरहेको लक्ष्मी पाठक बताउनु हुन्छ ।
खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष गणेशकुमार श्रेष्ठले पुछारबजारको १ घरलाई पानी निकाल्न दिएको तर अरुहरुलाई मेन लाईबाटै पानी तान्न नदिएको बताउनु भयो ।
धादिङ जिल्लमा माग अनुसार आपूर्ति हन नसकेकोले खानेपानीको समस्या भएको खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष गणेशकुमार श्रेष्ठ बताउनु हुन्छ ।
पछिल्लो समय खानेपानी उपभोक्ता समितिकै पदाधिकारी तथा सदस्यहरुमा तिब्र मनमुटाव बढेपछि समस्या समाधान हुन नसकेको समिति निकट स्रोतले बताएको छ ।