इराक फागुन १८ । इराकमा ठूलो बाँध फुट्ने खतरा बढेपछि १५ लाख नागरिकको ज्यान जोखिममा पर्ने भएकोे छ । इराकको मोसुलमा रहेको बाँध फुट्ने खतरा बढ्दै गएको इराकी सरकारले स्वीकार गरि सकेको छ ।
इराकमा रहेको अमेरिकी दूतावासका अनुसार मोसुल बाँध फुटेमा १५ लाखभन्दा धेरै मानिस प्रभावित हुनछन् । धेरैको नागरिकको मृत्यु हुन सक्ने वीवीसीले जनाएको छ । सन् २०१४ मा ११ दिन बाँधमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले कब्जा माएको थियो । यसका कारण मर्मतको काम हुन सकेको थिएन ।
बाँध फुटेमा टिगरिस नदीको आसपासमा बसोबास गर्दै आएका १५ लाखभन्दा धेरै मानिस प्रभावित हुने र बाढीका कारा उनीहरुको मृत्यु हुन सक्ने दूतावासले चेतावनी दिएको वीवीसीले जनाएको छ । मोसुल तथा टिकरिटका बासिन्दालाई सुरक्षित रहनका लागि लागि ६ किलोमिटर पर जानु पर्नेछ । सन् १९८४ मा निमार्ण भएको मोसुल बाँध इराकको सबैभन्दा ठूलो बाँध हो । तर निर्माण भएदेखि नै यसमा केही कमजोरी रहेको बताउने गरिएको छ ।
