धादिङ, ज्यामरुङ फागुन १८ । सरकारले भुकम्प पीडितहरुको घरबनाई दिने योजनाको काम, तथ्याङक संकलनमा रोकेको छ । कुन घरले कति क्षेति वा घर बनाउने रकम पाउने अझै टुङ्गो लगाएको छैन ।
सरकारले भुकम्प पीडितहरुलाई दिने भनेको २ लाख र ३ लाख रकम कहिल्यै आउँछ र कति दिन्छ भन्ने कुरा भुकम्प पीडितहरु अझै अन्योयालमा परेको धादिङ ज्यामरुङका बासुदेव धमलाले बताउनु भएको छ ।
भुकम्प गएपछि विचल्लीमा परेको १० महिना पूरा भईसक्दा समेत सरकारले ठोस् निर्णय गरेर पुननिर्माणको काम सुरु गर्न नसकेको भन्दै पीडितहरुले सरकार प्रति अविश्वास प्रकट गरेका छन्् । सरकारले भुकम्प पीडित जनतालाई मर्नु न बाँच्नुको दोसाँधमा राखेको धादिङ ज्यामरुङ पीडित राधिका धमलाले बताउनु भयो ।
भुकम्प पछि घरबार बिहिन भएका महिलाहरु कष्ठकर जिवनका साथ बारीको कुनामा दिनरात बिताई रहेका छन् । यसरी महिलाहरुले बारीको कुनामा जिवन बिताउँनुपर्दा कत्ति महिलाहरु बलात्कार जस्ता समस्या भोगिरहेको रञ्जु धमलाले बताउनु भयो ।
यसै गरी वर्षातको समय सुरु हुन लागि सक्दा सरकारको पुननिर्माणको नीति प्रति अन्यौल नै रहेकोले पैसा भएर पनि घर बनाउने काम थाल्न नसकिएको भुकम्प पीडितहरुको गुनासो रहेको छ ।