पारदर्शी र जवाफदेहि बनाउने अभियानमा काहुराष्ट

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १८, २०७२

धादिङबेसी फागुन १८ । काहुराष्ट धादिङद्धारा सञ्चालन हुने स्थानिय सरकारलाई पारदर्शी र जवाफदेहि बनाउने अभियान सम्बन्धी बैठक सोमबार धादिङबेसीमा सम्पन्न भएको छ ।
मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान धादिङका नागरिक सरोकार समुहका संयोजक श्री कृष्ण कुमार श्रेष्ठको अध्यक्षता आज वैठक बसेको हो ।
काहुराष्ट धादिङले जिल्लामा सञ्चालन भैरहेका विभिन्न विद्यालयहरुको अनुगमन तथा छात्राबृत्तिको विषयमा सहि ढंगले काम भैरहेको छ या छैन प्रभावकारी अनुगमन गरि रहेको संयोजक श्रेष्ठले बताउनु भएको थियो ।
जिल्ला विकास समिति धादिङले विकास निमार्ण कार्यको लागि विनियोजन गरिको बजेटसही तरिकाले सदुपयोग गरिएको छ या छैन त्यसको समेत निरीक्षण गर्दै आईरहेको छ । आफूले अनुगमन गरेको विकास निमार्ण कार्य लगायत अन्य बिषय बस्तुहरुको गाउँ विकास समिति तथा ईलाकाको सार्वजनिक सुनुवाई गरी प्राप्त बजेको बारेमा अनुगमन गर्दै आई रहेको छ ।
बैठकमा काहुराष्ट  धादिङका सदस्यहरु विष्णु कुमार श्रेष्ठ, उद्धय भण्डारी, बाबुराम श्रेष्ठ, होमनाथ कोइराला, तेजकुमारी लम्साल, कृष्ण प्रसाद सिवाल, शोभा श्रेष्ठ लगायतको सहभागिताको थियो ।