धादिङबेसी फागुन १७ । उच्च वायुमण्डलमा सामान्य न्यूनचापीय क्षेत्रको विकाससँगै देशका विभिन्न भागमा पानी परेको छ । प्रि मनसुन सुरु नभएपनि त्यसको संकेतका रुपमा बर्षा सुरु भएको हो ।
स्थानीय वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशका पूर्वी भेगका पानी परेको छ । न्यूनचापीयको सामान्य प्रभाव भए पनि स्थानीय वायुको बढी प्रभावका कारण पानी परेको मौसमविद मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँले केही दिनमा प्री मनसुन सुरु हुने भएकाले त्यसको गतिविधिका रुपमा पानी पर्नेक्रम सुरु भएको बताउनुभयो । अबको एक हप्तामा प्री मनसुन सुरु हुनेछ । उहाँका अनुसार मनसुनको सुरुवाती चरण (प्रि–मनसुन) को मौसम भएकाले अपराह्नदेखि मौसम बदली भई हल्का वर्षा हुने क्रम केही दिन जारी रहनेछ आज दिउँसो घाम लागेपनि साँझपख हल्का पानी पर्ने सम्भावना छ ।
मेघ गर्जनसहित उपत्यका तथा आसपासका क्षेत्र र पूर्वी भेगका एक÷दुई स्थानमा पानी पर्ने भोलिबाट केही सुधार आउने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।