धादिङ, मार्पाक । एकिकृत नेकपा माओवादी मापार्क गाउँ पार्टीको आयोजनामा प्रशिक्षण तथा बन भोज कार्यक्रम शनिबार मार्पाकमा सम्पन्न भएको छ ।
एकिकृत नेकपा माओवादी मापार्क गाउँ पार्टीका अध्यक्ष ठाकुर गुरुङको अध्यक्षता रहेको कार्यक्रममा एनेकपा माओवादीका केन्द्रिय सदस्य एवं धादिङका इन्चार्ज पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।
दश बर्षे जनयुद्धमा सहादत प्राप्त गर्ने ६ जना सहिद परिवारलाई, एक जना बेपत्ता परिवारलाई, सम्मान पत्र र नगदले सम्मान गरेको थियो । सोही अबसरमा गाविसका पुराना पार्टी सदस्यहरु आठ जनालाई दोसल्लाहा ओढार सम्मान पत्रले सम्मान गरेको थियो ।
कार्यक्रममा जिल्ला सचिब धन बहादुर बुर्लाकोटी, सह सचिव मनराज शैलेस, अखिल नेपाल शिक्षक संघगठन का केन्द्रिय महासचिव शंकर अधिकारी, जिल्ला कमिटी सदस्य केशरी प्रसाद पन्त, निरञ्जना उमाविका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उत्तम अधिकारी, लगायतको आतिथ्यता रहेको थियो ।
![](https://dhadingpost.com/wp-content/uploads/2024/08/pratik-copy.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2020/07/holistic.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2020/12/Ns-media-dhading.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2024/12/dhading-hospital.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2025/01/fine.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2025/01/advace.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2025/01/nilakantha-copy.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2025/01/rohit.jpg)