महादेववेशीमा सहिद तथा वेपत्ता परिवारलाई सम्मान

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १५, २०७२

धादिङ थाँक्रे । एकीकृत नेकपा माओवादी थाँकेले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ ।
हरेक वर्ष फागुन १४ गते देखि २१ गते सम्मलाई सहिद सप्ताहाको रुपमा मनाउदै आएको एमाओवादीले यहि सहिद सप्ताहाको अवसरमा आज थाँके–३ महादेववेशीमा ९ जना सहिद तथा वेपत्ता परिवारलाई दोसल्ला आढाएर सम्मान गरिएको हो ।
कार्यक्रमा सहिद राजकुमार बास्कोटा उदयको शालिकमा माल्याणपण गरिएको थियो ।
एमाओवादी थाँकेका अध्यक्ष पुजन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारी
एमाओवादी धादिङका जिल्ला सदस्य धुर्व सुवेदी, दिपक लामिछाने, अमृत तामाङ, लगायतको आतिथ्यता रहेको थियो ।