बाल क्लबका पदाधिकारीहरुलाई जीवन उपयोगी तालिम दिईयो

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १४, २०७२

balbalikaधादिङबेसी । बाल क्लबका पदाधिकारीहरुको लागि जीवन उपयोगिता सिप र मनोसामाजिक सहयोग प्रशिक्षक/प्रशिक्षण सम्पन्न तालिम सम्पन्न भएको छ ।
महिला तथा बालबालिका कार्यालय धादिङको समन्वयमा ५ दिन सम्म संचालन भएको थियो ।
युवालाई काठमाण्डौं नामा संस्थाका सुशिला केसी र केशब खड्काले बालक्लबका पदाधिकारीहरुको जिवन उपयोगिता सम्बन्धी जानकारी गराउनु भएको थियो ।
बालबालिकाहरुको क्षमता कसरी अभिबृद्धि गर्ने, भविष्यका लक्ष्यहरु, बालबालिकाहरुलाई अध्ययन प्रति कसरी आकर्षि गराउने, भुकम्प पछि बालबालिकामा भैरहेको गतिविधिहरुलाइ नियन्त्रण कसरी गर्नै, आपतकालि समयमा आई पर्ने समस्याहरुको बारेमा जानकारी गराईएको थियो ।
तालिम पछि बाल क्लबका बालबालिकाहरुले गाउ, नगर हुँदै शहर सम्मका विद्यालय तथा बाल क्लबहरुमा भएका बालबालिकाहरुलाई सहज बनाउने बताएका छन् । बालबालिका सम्बन्धी सीपमुलक तथा जनचेतना मूलक तालिमहरु अगामी दिनहरुमा पनि सञ्चालन गर्न माग गरेका छन् ।