धादिङ चैनपुर । चैनपुर ढोेला खरीको संगम स्थल साँधभन्ज्याङकी धनमाया शाक्यले भूकम्पपछि मकैबारीको त्रिपाल छोडेको धेरै भएको छैन ।
त्रिपालको टहरा छोडेर नवनिर्मित घर सरेपछि घरको डिजाइन परिवार गाउँबस्तीका घरझैं चारैतिर मकै झुन्ड्याइएका छन् । टाढाबाट देख्दा पर्खालले बनाएको देखिने टहरामा ४ देखि ५ जनाको परिवार बस्न मिल्छ ।
यो नमुना घरभित्रै २ फिटको बस्न मिल्ने पेटीमा अन्नपातका बोरा, झ्यालमा लामखुट्टे छेक्ने तारजाली र फलामे डन्डी पनि राखिएको छ ।
भूकम्पबाट भत्केका सबै घरलाई अढाइ बन्डल जस्तापाता र कामदार मित्रीका लागि ७ हजार र समयमै बनाए बापत थप एक हजार प्रदान गरिएको थियो ।
स्थानीय बाँस र गारो घरवालाले बनाउनुपर्छ । यो डिजाइनमा घर रातदिन गरेर ३ दिन र आरामसाथ गरे साताभित्रै निर्माण गरेका छौं, चैनपुर ९, साँधभन्ज्याङका १३ घर निर्माण गरिदिने जिम्मा लिएका सिकर्मी धनमान शाक्यले बताए ।